काठमाडौं,२६ वैशाख । पन्त स्मृति प्रतिष्ठानले साहित्य, हास्यव्यंग्य, बालनृत्य, बालसाहित्य, चित्रकला, संस्कृति, समालोचना र समाजसेवा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने आठ जना स्रष्टालाई पुरस्कृत एवं सम्मान गरेको छ । प्रतिष्ठानद्वारा हिजो आयोजित कार्यक्रममा परराष्ट्र मामिलाका जानकार जयराज आचार्यले उहाँहरुलाई आर्थिक वर्ष ०८१÷८२ को पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो । प्रतिष्ठानले उपन्यासकार कमल रिजालको सकुन्तला कृतिका लागि ‘रामराज पन्त स्मृति सम्मान’, कलाकार मनोज गजुरेललाई ‘गोेपालराज पन्त स्मृति पुरस्कार’, बालनृत्यमा सुमना थापालाई ‘सदिच्छा बाल प्रतिभा पुरस्कार’ र चित्रकलाकार रसिक राईलाई ‘सीताश्री स्मृति पुरस्कार’ प्रदान गरेको छ ।
साहित्यिक पत्रकार शशी पन्थीलाई ‘इन्दिरा–बन्धु पन्त स्मृति पुरस्कार’, समालोचनातर्फ गोपी मैनालीलाई ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान’, समाजसेवातर्फ समीक्षा घिमिरेलाई ‘आमा इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कार’ र बालसहित्यतर्फ साहित्यकार कार्तिकेय घिमिरेलाई ‘सुशीला पन्त स्मृति बाल साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । प्रतिष्ठानकी अध्यक्ष इन्दु पन्तले ०५८ सालमा स्थापित प्रतिष्ठानले रजत महोत्सवका अवसर पारेर समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने विभिन्न आठजना स्रष्ठालाई सम्मान गरिएको जानकारी दिनुभएको थियो । रासस