काठमाडौं,२६ वैशाख । पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराई संरक्षक रहेको भनिएको प्रगतिशील लोकतान्त्रिक पार्टी फेरी बिभाजनको संघारमा पुगेको थाहाभएको छ । सो पार्टीमा कम्युनिष्ट र गैह्रकम्युनिष्ट नेता तथा कार्यकर्ताहरुका बीचमा बिभाजनको संकेत देखिएपछि डा. भट्टराईले पार्टी परित्याग गर्नुभएको थाहा भएको छ । भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रहन चाहेको कुरा प्रलोपालाई जानकारी गराएपछि उहाँलाई धन्यवाद दिइएको सो पार्टी निकट समाचारसूत्रहरुले बताएका छन् । प्रलोपाले महाधिवेशनको समग्र योजना निर्माण र कार्यान्वयनगर्न छिट्टै सचिवालय बैठक आयोजनागर्ने निर्णय गरेको कतिपयको भनाई छ ।

कतिपयले प्रलोपाले पार्टीलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको रुपमा स्थापितगर्ने निर्णय प्रयास भैरहेको बताएका छन् । प्रलोपाले समान विचार राख्ने शक्तिहरुसँग एकता र ध्रुवीकरणगर्ने नीति लिएको उनीहरुको भनाई छ । पार्टीको अध्यक्ष परिषद्को बैठकले पहिलो एकता महाधिवेशनसम्मका लागि सन्तोष परियारको अध्यक्षतामा बैठकहरु सञ्चालन गर्नेगरी कार्य विभाजन समेत गरेको छ । गत ११ र १२ गते सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकार प्रयोगगर्दै अध्यक्ष परिषद्ले सांगठनिक र राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ । बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षागर्दै पार्टीले अपेक्षित परिणाम प्राप्तगर्न नसकेकोमा गम्भीर आत्मआलोचना गरेको छ ।

सांगठनिक कमजोरी, पार्टी निर्माणको छोटो अवधि, आर्थिक अभाव र निर्वाचन तालमेलका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै पार्टीले आगामी दिनमा विगतका कमजोरी नदोहो¥याउने संकल्प गरेको छ । सचिवालयमा अध्यक्ष परिषद्का सदस्यहरु, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरुको प्रतिनिधित्व रहनेछ भने प्रदेश सह(इन्चार्ज र आयोगका प्रमुखहरुलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा पनि बैठकले निर्णय लिएको थाहाभएको छ ।