काठमाडौं,२६ वैशाख । पूर्ब माओवादी नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छभने उहाँलाई फेरी पार्टी परिवर्तन नगर्न आग्रह गरिएको थाहाभएको छ । गत फागुन २१ को निर्वाचनअघि गठन गरिएको प्रलोपामा जोडिनुभएका तत्काली माओवादी केन्द्रका नेता किरातीलाई हिजो आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले पार्टी प्रवेश गराउनुभएको हो । त्यसक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुदन किराँती पक्षबाट आएका सबैलाई हार्दिक स्वागतगर्दै एकले अर्कालाई स्वीकारगरेर अघिबढ्ने समझदारी बनेको जानकारी दिनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सुदन किराँतीसहितको टोलीलाई स्वागतगर्दै अब आपसी समर्थन र सहकार्यका साथ अगाडि बढ्ने बताउनुभएको थियो । उहाँले सुदन किराँतीज्यू र उहाँको समूहसँग एकता भएको छ । हामी हर्षित छौं, मिल्नु राम्रो छुट्नु नराम्रो हो । धेरै मानिसहरुले उहाँ र हामी मिलेर अगाडि बढोस्भन्ने चाहना राख्नुभएको थियो भन्नुभयो । उहाँले यो एकता छोटो समयका लागिमात्रै होभन्ने आशंका नगर्न आग्रह पनि गर्नुभएको थियो । उहाँले धेरैलाई शंका लागेको होला, दुई–तीन दिनका लागि होला, ६ महिनापछि त्यही त होभन्ने होला । उहाँ माक्र्सवाद र माओवाद पढेर आएको, यता फेरि हर्कवाद के होभन्ने कतिलाई लागेको छ । त्यो ठूलो कुरा होइन, देशका लागि सोच्ने ठूलो कुरा हो। यो देशको भारी सँगै बोक्छौं कि बोक्दैनौं भन्ने ठूलो कुरा हो भन्नुभएको थियो ।