
काठमाडौं,२६ वैशाख । नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो । त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ । साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छभने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा हुनुहुन्छ ।
नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गर्नुभएको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गर्नुभएको छ । अध्यक्ष बाँसकोटाले नातीकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रुपमा मात्रै होइन, सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गर्नुभएको उल्लेख गर्नुभएको थियो ।