काठमाडौं, ३० वैशाख । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ति जारीगरी राईलाई सचिवको पदबाट हटाइएको बताउनुभएको हो ।

राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन–०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उहाँलाई पदबाट हटाउनुभएको विज्ञप्तिमा उल्लेख छ ।