काठमाडौं, ३० वैशाख । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ । समितिले काठमाडौंमा हिजो एक पत्रकार सम्मेलनगरी गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाले उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो ।

समितिका संयोजक धु्रवबहादुर गुरुङले समितिले गरेको सिफारिस प्राथमिकताको १ नम्बरमा गुम्बा विकास समितिलाई राखिएकाले बौद्ध धर्मवालम्बीहरुमाथि प्रहारभएको बताउनुभएको थियो । गुम्बा विकास समितिले गुम्बा, विहार, वाहवाहीमार्फत बौद्ध दर्शनको प्रवद्र्धनगर्न बौद्ध दर्शन, शिल, समाधि, प्रज्ञा, आगम, अभिषेक, धर्मदेशना, पञ्चशील, आर्य अष्टाङ्गिक मार्गजस्ता बौद्ध शिक्षा जनमानससम्म पु¥याउन भूमिका खेलिरहेकाले खारेज नगर्न आग्रह गरिएको छ । रासस