
काठमाडौं, ३० वैशाख । गगन थापाले पद नछाडेसम्म कांग्रेसको बिवाद नसुल्झने अवस्था सिर्जना भएको थाहाभएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १९ नेता मनोनीत भएसँगै पार्टीभित्रको विवाद अझैबढ्ने देखिएको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगनकुमार थापासहितको पक्ष कांग्रेसलाई एकताबद्धगर्नुको साटो विवादलाई थाती राखेर अघिबढ्न लागिपरेकोभन्दै कतिपय नेताहरुले असन्तुष्टि जनाउनुभएको छ । विशेष महाधिवेशनपछि पार्टीमा बल्झँदै गएको विवादलाई समाधान गर्नुको सट्टा त्यसबाट आएको नेतृत्व अर्को पक्षलाई बेवास्तागर्दै अघिबढ्ने रणनीतिमा पुगेको नेता डा.शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षको बुझाइ छ।
त्यसको शृंखलाकारुपमा गत सोमबार १९ केन्द्रीय सदस्यको मनोनयन पनि रहेको जनाउँदै असन्तुष्ट पक्षका एक नेताले पार्टीलाई एकताबद्ध गरेर अहिलेको चुनौती सामना गर्नुपर्ने नेतृत्व कसरी कांग्रेस कब्जागर्नेभन्ने रणनीतिमा लागेको देखिन्छ भन्नुभएको छ । केही दिनअघि विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका सभापति गगनकुमार थापाले दुई नेतासँग छलफल गरेको बताउँदै ती नेताले पार्टीलाई मिलाएर लैजाने प्रस्ताव ल्याउँछु भनेर निस्केका सभापतिले अर्को पक्षका नेताहरुसँग कुनै परार्मश नगरी एकलौटीरुपमा केन्द्रीय सदस्य मनोनयन गर्नुभयो। उहाँ पार्टीलाई मिलाएर अघि बढाउने पक्षमा हुनुहुन्न भन्ने स्पष्ट भएको बताउनु भएको छ ।
पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा पूर्णबहादुर खड्कासहितका पक्षले प्रदेशस्तरीय भेला शुरुगरेका छन् । उनीहरुले हिजो मंगलबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेका थिएभने अन्य प्रदेशमा पनि भेलाको तयारी थालेका छन् । गगन थापा र बिश्वप्रकाश शर्माको अथक प्रयासमा गत पुसमा नेपाली कांग्रेसलाई जबरजस्त बिभाजन गरिएको थियो ।