
काठमाडौं, ३० वैशाख । पूर्ब माओवादी नेता तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिशोधपूर्ण धरपकडगर्ने शैली राम्रो नभएको दाबि गर्नुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकलाई सम्बोधनगर्दै संयोजक दाहालले लामो क्रान्तिको उपलब्धिमाथि गर्वगर्ने तर केही व्यक्तिहरु त्यही क्रान्तिलाई आपराधीकरणगर्ने प्रयत्न गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले मैले तपाईँहरुलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरुको जिम्मेवारी हो भन्नुभउको थियो । नयाँ संसद्लाई आफूले क्रान्तिकै निरन्तरता ठानेको उल्लेख गर्दै संयोजक दाहालले वालेन्द्र शाह काठमाडौंको मेयरहुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो भन्नुभएको थियो । पुराना पार्टीहरु सबै खराब हुन् भन्ने भाष्य गलत भएको बताउँदै संयोजक दाहालले पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् भन्ने । त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य रु होइन भन्नुभयो । पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको उहाँको भनाइ छ ।
संयोजक दाहालले सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधारमात्र खडा गर्दछ । सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्यको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले अघिल्लो संसद्मा मैले प्रधानमन्त्रीकारुपमा पनि र प्रमुख विपक्षी दलको नेताकारुपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ भन्नुभयो । संयोजक दाहालले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारवाही गरेको उल्लेख गर्नुभयो । यसभन्दा अघिल्लो सरकार छँदा गलत नियतको निरन्तर विरोध गरेको बताउँदै उहाँले प्रतिपक्षकारुपमा हाम्रो संख्या सानो थियो । तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो भन्नुभयो ।
आगामी दिनमा पनि गलत कार्य भए खबरदारी गर्ने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएपछि वर्तमान सरकारले आफ्नो ‘रोडम्याप’ सार्वजनिक गरेको भए पनि नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय सङ्कल्पपत्रको ‘स्पिरिट’ समात्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले मधेसी जनताको सपनाहरुको जगमा यो सरकार बने पनि सिंगो नीति तथा कार्यक्रम मधेसप्रति मौन रहेको बताउनुभयो । वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरुमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै उहाँले विधि मिच्ने, अध्यादेशमार्फत शासनगर्ने, संसद् छल्ने र प्रतिशोधपूर्ण धरपकडगर्ने शैली राम्रो नभएको बताउनुभयो ।
दाहालले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेखगर्दै भन्नुभयो–हिजो बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध ग¥यौँ तर आज हामी मिडिया संस्थाहरुलाई नियमनगर्ने, कमजोरगर्ने अभ्यास गर्दैछौँ, प्रश्नहरुबाट भागेर होइन, प्रश्नहरुको जवाफ दिएरमात्रै लोकतन्त्रको विकास हुन्छ । वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरुको बलिदानको उपज भएको उल्लेखगर्दै उहाँले हजारौँ सहिदको बलिदानबाट हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद् बनेको बताउनुभएको थियो ।