तेहरान, १८ जेठ । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरु बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुननसक्ने बताउनुभएको छ । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रुपमा अन्त्यगर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ । न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, ट्रम्पले कडा शर्तहरुकासाथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनुभएको छ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन । सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भन्नुभएको छ–इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ । ट्रम्पले आफ्ना प्राथमिकताहरुमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनुभएको छ । उहाँले फक्स न्यूजको कार्यक्रममा प्रसारित एक अन्तर्वार्तामा मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरुसँग यस्ता आणविक हतियार हुनेछैनन् ।
उनीहरु यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ भन्नुभयो । तेहरानले यसअघि ट्रम्पको भनाइमा शंका व्यक्तगर्दै आएको छ र दुई पक्षहरु मुख्य विवादका मुद्धाहरुबाट टाढा छन् । इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनुअघि रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ । तेहरानले पनि जारी लडाइँको बाबजुद लेबनानलाई कुनैपनि सम्झौतामा समावेशगर्ने कुरालाई जोड दिएको छ । इजरायलले इरान समर्थित हेजबुल्लाहबिरुद्ध अभियान विस्तार गरेपछि बेरुतले उसलाई विनासको नीति अबलम्बन गरेको आरोप लगाएको छ । यसअघि सम्झौता नजिकिँदै आएको संकेत दिएपछि ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा नयाँ सैन्य कारबाही हसनसक्ने तर हतार नगरिने संकेत गर्नुभएको थियो । ट्रम्पले मलाई कुनै हतार छैन । यदि हामीले चाहेको कुरा पाएनौँ भने, हामी फरक तरिकाले अन्त्य गर्नेछौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले गत शनिबार एसियामा भएको रक्षा सम्मेलनमा वासिङ्टन आवश्यक परेको खण्डमा युद्ध पुनः शुरु गर्न ‘आवश्यकताभन्दा बढी सक्षम’ रहेको बताउनुभएको थियो ।
गत अप्रिलमा तेहरान र वासिङ्टनले अस्थायी युद्धविराम गरेपछि र पाकिस्तानको मध्यस्थतामा वार्ता भएपछि इरान र खाडीमा दैनिक आक्रमणहरु रोकिए पनि छिटपुट लडाइँ जारी छ । यसैबीच, इरानको रिभोलुसनरी गार्डले आइतबार इरानको जलक्षेत्रमा प्रवेशगर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ । यसै हप्ताको शुरुवातमा इरानको बन्दर अब्बासस्थित बन्दरगाहमा अमेरिकी सेनाले आक्रमण गरेपछि युद्धविरामपछिको सबैभन्दा खराब द्वन्द शुरुभएको थियो । जे होस्, कूटनीतिक नीतिले ट्रम्पलाई एक सम्झौता सुरक्षितगर्न दबाबमा राखेको छ जसले स्ट्रेट अफ हर्मुज वरपरको प्रतिस्पर्धात्मक अमेरिका र इरानको नाकाबन्दी हटाउनेछ, जसले विश्वव्यापी तेल आपूर्तिको लागि महत्त्वपूर्ण मार्गको आवागमन रोकेको छ । ट्रम्पले कुनै पनि सम्झौताअन्तर्गत उक्त जलसन्धि भएर जानसक्ने पानीजहाजमा इरानले कुनै शुल्क नलिने बताएपछि इरानी समाचार एजेन्सी फार्सले स्रोतलाई उद्धृतगर्दै भनेको छ–त्यस्तो कुनै प्रावधान सम्भावना छैन । इरानको समाचार संस्था ९आइएसएनए० ले सांसद अलिरेजा सलिमीलाई उद्धृतगर्दै नियन्त्रित जलक्षेत्रमा इरानको व्यवस्थापन र सार्वभौमिकता कार्यान्वयनगर्ने योजना छिट्टै संसदमा पेशगरिने बताएको छ । रासस,एएफपी