काठमाडौं,१८ जेठ । प्रधानमन्त्रि वालेन्द्र शाहले नेपालले भारतीय भूमी मिचेको भनि दिएको अभिब्यक्ति बिरुद्ध देशब्यापि बिरोध शुरुभएको छभने काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेक्रममा उहाँले नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको भनाइ राखेपछि सर्वत्र विरोध र आलोचना शुरुभएको हो । यसैक्रममा अखिल (समाजवादी) ले माइतीघरमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हिजो साँझ प्रदर्शन गरेको थियो । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एक बक्तब्य प्रकाशित गरी सो अभिव्यक्तिको विरोध गर्नुभएको छ ।

वक्तव्यमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा कतिपय स्थानमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो पूरै गलत छ । हामीले उनको त्यस प्रकारको अभिव्यक्तिको कडा विरोध गर्दछौँ भन्नुभएको छ । त्यसैगरी अखिल नेपाल युवक संघले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदको विशेष समयमा नेपालले समेत भारतीय भूभाग मिचेकोभन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा नेपाल–भारत सीमा विवाद ऐतिहासिक, राजनीतिक तथा कूटनीतिक विषय भएको उल्लेखगर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग रहेको तथ्य ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा विभिन्न प्रमाणहरुले पुष्टिगरेको दाबी गरिएको छ ।