काठमाडौं, १८ जेठ । प्रधानमन्त्रि पदबाट वालेन्द्रको राजीनामा बिना संसदको बैठक चल्न नसक्ने अवस्था सिर्जना भएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । प्रमुख तीन दलले देशब्यापि बिरोध प्रदर्शनको तयारी पनि गरेका छन् । हिजोको प्रतिनिधिसभाको बैठक कसैगरे पनि सुचारु हुननसकेपछि बैठक भोली मंगलबार दिनको एकबजे बस्नेगरी स्थगित गरिएको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्रि वालेन्द्रले नेपालले पनि भारतीय भूमी अतिक्रमण गरेको अभिब्यक्ति दिएपछि भारतीय सुरक्षा बलले सुस्तालगायतका बिभिन्न नेपाली बस्तीमा अवरोध सिर्जना गरेको छ । त्यसको बिरोधमा हिजो आइतबार संसदमा भएका घटनाबारे छानबिनगर्न सभामुख डिपी अर्यालले समिति गठनसमेत गठन गर्नुभएको छ ।
सदन अवरोधगर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको बताइन्छ । सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेको समिति गठन भएको छ । जाँचबुझ गरी सातदिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेशगर्ने निर्देशन भएको थाहाभएको छ ।
प्रतिनिधि सभा नियमावली–०८३ को नियम ३३ को उपनियम ४मा कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानी नोक्सानी पु¥याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भएपनि सभामुखले त्यस्तो सदस्यलाई बढीमा १५ दिनसम्मको लागि निलम्बनगरी क्षतिभएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ उल्लेख छ । यसरी कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेशगर्ने मौका भने दिनुपर्ने भनिएको छ ।