काठमाडौं,१८ जेठ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले हिजो बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारीगरेको स्वास्थ्य बुलेटिनअनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहनुभएको जनाएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल गत शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालले अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँमा निमोनियाको संक्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरु सम्पन्न गरिएका छन् । उपचार प्रक्रिया शुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चितगर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरुप उहाँलाई दुई–तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने भनेको छ ।