
काठमाडौं, २९ जेठ । बर्तमान सरकारले भित्रभित्रै नयाँ संविधानको मस्यौदा तयार गर्दैगरेको थाहाभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको थियो । सुझाव संकलनकाक्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो । छलफलमा पूर्ब प्रधानमन्त्रि दाहालले राजनीति दलहरुसँग सहमति नगरी कार्यदल बनाइएकोभन्दै कार्यदलको औचित्यमाथि नै प्रश्न उठाउनजुभएको थियो ।
उहाँले आफूहरुको त्याग, तपस्या र बलिदानबाट बनेको ०७२ को संविधान भएकाले खेलाँची नगर्न चेतावनी समेत दिनुभएको थियो । छलफलपछि अर्का पूर्ब प्रम खनालले वर्तमान अवस्थामा संविधान संशोधनको कुनै औचित्य नरहेको बताउनुभएको थियो । उहाँले संविधानको भाग ४ (राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व) लाई अहिलेसम्मका कुनैपनि सरकारले गम्भीरतापूर्वक कार्यान्वयन नगरेको र धेरै आवश्यक ऐनहरु अझै बन्न बाँकी रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । उता संविधान संशोधन बहसपत्र तयारगर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढाइसकेको थाहा भएको छ । कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो ।
कार्यदलले शासकीय स्वरुप, निर्वाचन प्रणालीसहित मुख्य आठवटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मसौदा तयारगर्ने भनिएको छ । कार्यदलले पूर्वराष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानुनका ज्ञाता, पूर्वमहान्यायाधिवक्तासँगै सरोकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्नगरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव एवं कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मसौदा लेखन आरम्भ गरिएको पत्रकारहरुलाई जानकारी दिनुभउको छ । संविधान संशोधनका लागि आधारपत्र तयारगर्न मन्त्रीपरिषद्, संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधारसहितका विषयमा सुझाव लिएको छ ।